images
images

दैनिक बढ्दै कोरोना सङ्क्रमण 


  • 312
    SHARES
  • २०७८ पौष २९ गते बिहीबार

    दैनिक बढ्दै कोरोना सङ्क्रमण 

    काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण  दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो ।

    ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा सङ्क्रमण दर बढेको पाइएको हो । जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने, भीडभाडमा जाने तथा खोप नलगाउने गर्नाले सङ्क्रमण बढिरहेको पाइएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले सङ्क्रमण गत हप्ताको तुलनामा यसहप्ता ९.२ प्रतिशतले बढेको बताए । ओमिक्रोन भेरियन्टले सङ्क्रमण एक जनाबाट १० जनामा सार्ने गर्दछ ।

    सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई तथा दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बढाउने गर्दथ्यो । 

    उनका अनुसार अघिल्लो हप्ताको ४९ हजार ८ सय ७७ जनाको पिसिआर परीक्षणमा २ हजार ३० जनामा सङ्क्रमण देखिएको छ । यसहप्ता ६२ हजार ७ सय ५५ जनाको पिसिआर गरिएकोमा ८ हजार ३ सय ७३ जनामा सङ्क्रमण देखिएको थियो । यस हप्ता परीक्षण २५.८ प्रतिशतले गरेका छन् । 

    यसहप्ताको सङ्क्रमण दर १३.३ प्रतिशत छ । एन्टिजेन परीक्षण गर्दा ६.७ प्रतिशतले पछिल्लो हप्ताको तुलनामा यसहप्ता सङ्क्रमण बढेको पाइएको छ । 

    खोप नलगाउने व्यक्तिमा लगाएको भन्दा १० गुणा बढी सङ्क्रमण बढ्छ । यस्तै खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गार्हो ओमिक्रोनले १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढाउने गर्ने अध्ययनले देखाएको छ ।   

    एक हप्तामै १० हजार सङ्क्रमित

    नेपालमा १ हप्तामा १० हजार सङ्क्रमित फेला परेका छन् । यही पुस २२ गतेदेखि पुस २८ गतेसम्म १० हजार ५ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    पुस २२ गते ५ सय ४०, पुस २३ गते ९ सय ६८, पुस २४ गते ९ सय ४४, पुुस २५ गते १ हजार १ सय ६७, पुस २६ गते १ हजार ४ सय ४६, पुस २७ गते १ हजार ४ सय ४४ तथा पुस २८ गते ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।  

    खोपमा पनि वृद्धि

    खोप लगाउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । मन्त्रालयका प्रवक्ता  मिश्राका अनुसार गतहप्ताको तुलनामा यस हप्ता २ प्रतिशतले खोप लगाउने सङ्ख्यामा वृद्धि भएको छ । दोस्रो मात्रा लगाउनेमा ४ प्रतिशतले वृद्धि भएको छ ।

    लक्षितमध्ये अहिलेसम्म ७६.९ प्रतिशतले पहिलो मात्रा र ५७. ६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुधबार २ लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

    सरकारले लक्षित समुदायलाई यही पुस मसान्तसम्म दुई तिहाईलाई खोप लगाउने लक्ष्य लिएको छ । कोरोना भाइरसको खोप वाग्मती र गण्डकी प्रदेशले लक्ष्य अनुसारको लगाइसकेका छन् । बाँकी प्रदेशले खोप लगाउने कार्यलाई दु्रत बनाएका छन् ।
      
    सङ्क्रमण बढेसँगै सबै सर्तक हुनुपर्ने र जनस्वास्थ्यका मापदण्ड अझै कडाइका साथ गर्र्नुपर्ने देखिन्छ । 

    मन्त्रालयले कोही पनि सङ्क्रमण भएको वा कन्ट्रयाक्ट टे«सिङमा परेका कम्तीमा ५ दिन क्वारेन्टिनमा बसेर मात्र परीक्षण गराउन आग्रह गरेको छ । 

    लक्षण देखिएका व्यक्तिले तुरुन्तै परीक्षण गराउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।


    images
    images

    Logo