काठमाडौं । सुनचाँदी बजारमा आज ५ सयले सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।
अघिल्लो दिन प्रतितोला ९२ सयमा कारोबार भएको छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा करोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ