काठमाडौं । धादिङमा पहिरो जादाँ डोजरसहित ३ जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।
आज बिहान बाटो खन्दै गर्दा डोजर चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको खबर जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले जानकारी पाएपछि सिंहले उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिए ।
घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइसकेको छैन ।