काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) को नेपाल राष्ट्र बैंक केन्द्रीय समितिमा राजीव शर्मा रेग्मी प्यानलको टीमले सबै सीटमा जीत हासिल (क्लिनस्वीप) गरेको छ ।
राष्ट्र बैंकका केन्द्रीय कार्यालय र सबै शाखाहरु समेतको सहभागिता रहेको उक्त समितिको अध्यक्ष पदका लागि राजीव शर्मा रेग्मी र तिलक बहादुर थिङ प्रतिस्पर्धामा थिए । जसमध्ये शर्माले २ सय ७० मत प्राप्त गर्दा प्रतिस्पर्धी थिङले ८४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रशान्त बल्लभ मल्ल, उपाध्यक्षमा कुमार पण्डित, महासचिवमा हरिकृष्ण भट्टराई, उपमहासचिवमा सञ्जिव बख्रेल, सचिवमा रागिनी सिंह, कोषध्यक्षमा ईश्वर गिरी र सदस्यहरुमा खगेन्द्र खरेल, रविचन्द्र, पौडेल सुरज चौधरी, दीपक सेढाईँ र अमर खत्री विजयी भएका छन् ।
त्यस्तै, आरक्षण कोटातर्फ २ सिटमा हिरामान श्रेष्ठ र रामगोपाल महर्जनविजयी भएका छन् । यी सबै शर्मा प्यानलकै उम्मेदवार हुन् । फियनको ४८ वटा संस्थाका समितिमध्ये नेपाल राष्ट्र बैंक महत्वपूर्ण समिति हो । यसले राष्ट्रिय समितिको निर्वाचनमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।



