काठमाडौं । सर्वसाधारणको लागि सिंहदरबार प्रवेश बन्द गरिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै सिंहदरबार छिर्नको लागि वितरण गर्दै आएको सबै प्रकारका पासहरु खारेज गरेको जनाएको हो ।
कोरोना महामारीको संम्रमण बढ्दै जाँदा मन्त्रालयले सुरक्षा सतर्कताका लागि भन्दै यस्तो व्यवस्था गरेको हो । अब कुनै पास जारी गर्नुपरेमा सम्बन्धित निकायले गृह मन्त्रालयको स्वीकृति लिएर मात्रै जानरी गर्नु पर्नेछ ।
पत्रकारलाई भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा भित्र जान दिइने जनाइएको छ ।
