images
images

एनबी बैंकको शेयर बिक्री प्रक्रिया तत्काल स्थगित गर्न अदालतको आदेश


  • 734
    SHARES
  • २०७८ पौष २८ गते बुधबार

    एनबी बैंकको शेयर बिक्री प्रक्रिया तत्काल स्थगित गर्न अदालतको आदेश

    काठमाडौं। शेयर बिक्री प्रक्रिया तत्काल स्थगित गर्न आईएफआईसीलाई अदालतको आदेश दिएको छ । बंगलादेशको आईएफआईसी बैंकले आफूसँग सारिका चौधरीको नाममा शेयर बिक्री गर्न लागेको भन्दै सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले मुद्दा दायर गरेसँगै अदालतले त्यस्तो प्रक्रिया तत्कालका लागि रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

    अब एक साताभित्र दुबै पक्षलाई बोलाएर छलफल गरेपछि सो अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा छलफल हुनेछ । 

    अदालतले कुनै पनि पक्षले दायर गरेको मुद्दा दर्ता भएपछि मुद्दा दायर गरिएका विषयमा थप कुनै क्षति पुग्ने अवस्था भए यस्तो आदेश दिने गर्छ । दुवै पक्षलाई बोलाएर छलफल गर्नसक्ने समयसम्म शेयर बिक्री भइसक्ने जोखिम देखेर अदालतले यस्तो आदेश दिएको हो ।


    images
    images

    Logo