images
images

२२५ अंक बढेपछि शेयर बजारले लियो करेक्सनको बाटो


  • 493
    SHARES
  • २०७८ पौष २८ गते बुधबार

    २२५ अंक बढेपछि शेयर बजारले लियो करेक्सनको बाटो

    काठमाडौं । ५ दिनको निरन्तर वृद्धिपछि बुधबार शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) आज ३०.५१ अंकले घटेर २ हजार ८ सय ३ दशमलव ६२ विन्दुमा झरेको हो । 

    अघिल्लो बुधबार नेप्से परिसूचक २ हजार ६ सय ४९ दशमलव १८ विन्दुमा रोकिएको थियो । बिहीबारदेखि बजार निरन्तर रुपमा बढ्दै मंगलबारसम्म १ सय ८४ दशमलव ९५ विन्दुले बढेर ३ हजार ८ सय ३४ विन्दुमा रोकिएको थियो ।

    बुधबार पनि सुरुवाती समयमा बजार बढेको थियो । सो क्रममा परिसूचकले २ हजार ८ सय ७४ दशमलव ७१ को विन्दु छोएको थियो । अघिल्लो बुधबारको अन्तिम विन्दुसँग तुलना गर्दा आजको अधितकम विन्दु २ सय २५ अंक बढी हो । त्यसपछि भने बजार क्रमशः ओरालो लाग्यो । अन्तिममा बजार २ हजार ८ सय ३ को विन्दुमा झरेर रोकिएको हो । 

    परिसूचकले अन्तिम समयमा २ हजार ७ सय को लाइनमा झर्ने बाटो तय गरे पनि अन्तिम समयमा बजार केही बढ्दा २ हजार ८ सयकै विन्दुमा बजार रोकिन सफल भएको हो । 

    यो दिन बजारमा ८ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । बजारमा १ सय ५८ कम्पनीको मूल्य घट्दा २९ कम्पनीको मूल्य बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फास्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत्को शेयरमा आज सकारात्मक सर्किट लागेको छ । 

    आज बजारमा नेपाल टेलिकमको शेयर ४९ रुपैयाँले घट्दा अन्य समूहमा सबैभन्दा बढी गिरावट आएको छ ।


    images
    images

    Logo