images
images

१० कम्पनीको साधारण सभा आज, ६ कम्पनीले बनाए लगानीकर्ताको हात खाली


  • 421
    SHARES
  • २०७८ पौष २८ गते बुधबार

    १० कम्पनीको साधारण सभा आज, ६  कम्पनीले बनाए लगानीकर्ताको हात खाली

    काठमाडौँ । आज १० कम्पनीले साधारण सभा गदैछन् । बुधबार नेप्सेमा सुचीकृत भएका कम्पनीले आज एकै दिन सभा बोलाएका हुन् ।

    आज सभा बोलाउँनेमा मितेरी डेभलपमेन्ट बैँक, नेपाल हाइड्रो डेभलोपर, पञ्चकन्या माइ हाइड्रोपावर, न्यादी हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, पाँचथर पावर कम्पनी, बोटलर्स नेपाल,  बोटलर्स नेपाल(तराई), हिमालयन डिष्टिलरी र उन्नती सहकार्य लघुवित्त रहेका छन् ।

    सभा बोलाएका कम्पनीमध्ये ६ वटा कम्पनीले लगानीकर्ताको हात खाली बनाएका छन् । बाँकी कम्पनीले लाभांश दिने भएका छन् ।

    जसमा पञ्चकन्या माई हाईड्रोपावर, न्यादी हाईड्रोपावर, तेह्रथुम पावर कम्पनी, पाँचथर पावर कम्पनी, बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले लगानीकर्तालाई हातखाली बनाएका छन् । बाँकी कम्पनीले लाभांश दिनेछन् ।

    मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्ष लगानीकर्तालाई मुनाफाबाट १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस १४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

    यस मध्य नेपाल हाईड्रो डेभलपरले  मुनाफाबाट ७ प्रतिशत बोनस र ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभाबाट पारित गर्ने भएको छ । सभाको लागि पुस १३ देखि २८ गतेसम्म बुक क्लोज गरेको छ ।

    उन्नती सहकार्य लघुवित्तले गत  आर्थिक बषको मुनाफाबाट ३० प्रतिशत बोनस दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस १४ गते बुक क्लोज गरेको छ ।

    हिमालयन डिस्ट्रिलरीले १ सय  प्रतिशत लाभांश दिने भएको छ । जसमा ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश  रहेको छ । सभाको लागि भन्दै पुस १६ गते बुक क्लोज गरेको छ ।


    images
    images

    Logo