images
images

दुधकाे मूल्य १० रुपैयाँ बढाउन सिफारिस


  • 522
    SHARES
  • २०७८ पौष २८ गते बुधबार

    दुधकाे मूल्य १० रुपैयाँ बढाउन सिफारिस

    काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ बढाउन सिफारिस गरेकाे छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी लिटरको ८६ रुपैयाँ बनाएको छ ।

    कृषि मन्त्री महिन्द्र राय यादवले बाेर्डले गरेकाे सिफारिसमा छलफल गरी मूल्य निर्धारण गरिने बताए । बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले सरोकारवालाहरूलाई राखेर छलफल गर्छ त्यसपछि मूल्य घोषणा गरिने बताए । मन्त्रालय स्रोतका अनुसार बढेकाे १० रुपैयाँमध्ये ७ रुपैयाँ किसानलाई र ३ रुपैयाँ उद्याेगीलाई जाने व्यवस्था मिलाइनेछ।

    किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपैयाँ देखाएको छ । त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपैयाँ कायम गरिएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस गरिएको छ ।


    images
    images

    Logo