images
images

नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत


  • 252
    SHARES
  • २०७८ पौष २७ गते मंगलबार

    नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

    काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक भेष नारायण दाहालको राजीनामा स्वीकृत भएको छ । दाहालले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका थिए र उनको राजीनामा आजै स्वीकृत भएको हो । 

    नारायणहिटी दरबारको जग्गा बतास समुहलाई ठेक्का दिएको बिषयमा मन्त्रालयले बनाएको छानबिन समितिले सोमबार कार्यकारी निर्देशक दाहाललाई कारबाहि गर्न सिफारिस गरेको थियो । 

    दाहालले सिफारिस भएको भोलिपल्टै मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा राजीनामा बुझाएका थिए ।  नैतिकताका आधारमा आफूले राजीनामा पेस गरेको कार्यकारी निर्देशक दाहालको राजीनामा पत्रमा उल्लेख छ ।


    images
    images

    Logo