काठमाडौं । धनुषामा रहेको जानकी प्लाष्टिक उद्योगमा आज बिहान आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योगमा करिव १० करोड मूल्य बराबरको क्षति भएको हो ।
उद्योगमा आगलागी हुँदा मेसिन, मेटेरियल सामान, केमिकल, कच्चा पदार्थ, काठपात, लत्ताकपडा लगायत अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ जनकपुर उपमहानगरपालिकाबाट पुगेका नेपाल प्रहरी, वारुण यन्त्र, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिएको छ ।