काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ ।
पौष २१ गते बुधबार बनेपा–६ को गोदामचोकमा आफ्नो नयाँस्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजु,नयाँ बसपार्कको बि.जि. मलमा पनि आफ्नो नयाँ स्टोर खोलेको हो । शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य पुरा गर्न नेपालभरि नयाँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीुले भने, “यी नयाँ स्टोरहरु खुलेपछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यी नयाँ स्टोरहरुमा आउनुहुनेछ र हाम्रो
नयाँ–नयाँ उत्पादनहरु मन पराउनुहुनेछ ।”
यो मोडलले नेपालमा नयाँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँ स्टोरमा सप्प्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् ।
यी शाखाहरुको सम्पूर्ण रिटेलप्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ । जसकोफलस्वरुप मि को ग्राहकहरुले थुप्रै फाईदाहरु लिन सक्नेछन् । रिटेल प्रकृयाकोहरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तरक्रिया गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ ।



