काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न लागिएको छ । संक्रमण न्यूनीकरण गर्नका लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन कार्यालयले आग्रह गरेको हो ।
बिमान स्थलमा स्वागत तथा बिदाई गर्नको लागि मात्र नआइदिन कार्यालयले अनुरोध गरेको छ । त्यस्तै विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक भिजिट पास उपलब्ध नगराउन पनि कार्यालयले अनुरोध गरेको छ ।
त्यसैगरि आन्तरिक उडानतर्फ पनि एयरलाइन्सहरूले यात्रुहरूलाई अर्कोपटक देखि खोप लगाएको कार्ड अनिवार्य रुपमा बोक्न भनेको छ । सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिसकेको छ ।