काठमाडौं । कोरोना भाइरस ओमिक्रोनको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकका प्रमुख जिल्ला अधिकारीहरु बैठक बसेका छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।
मंगलबार दिउँस तिन ओटै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरु सो बिषयमा छलफल गर्न बैठक बसेका हुन् । लक डाउनका कारण जनजिवन प्रभावित हुने भएकाले पुरै देशभर लकडाउन नगरि जहाँ जहाँ संक्रमित बढि देखिएको छ त्यहाँ मात्र स्मार्ट लकडाउन हुने भएको छ ।