काठमाडौं । सुनचाँदी बजारमा आज ३ सयले सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।
अघिल्लो दिन प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको छापावाल सुन ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा करोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।