images
images

एकैसाता ५८ अर्बले बढ्यो बैंकहरुको निक्षेप, कर्जा विस्तार किन कमजोर ? 


  • 321
    SHARES
  • २०७८ पौष २६ गते सोमबार

    एकैसाता ५८ अर्बले बढ्यो बैंकहरुको निक्षेप, कर्जा विस्तार किन कमजोर ? 

    काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप एकै साता ५८ अर्बले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार पुस २३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएर ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको हो । यसअघि पुस १६ गते यस्तो निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ थियो । 

    नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकमा स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ८० प्रतिशत रकमलाई बैंकिङ निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेसँगै निक्षेपको रकम बढेको देखिएको हो । 

    निक्षेप बढे पनि कर्जा विस्तार भने खासै बढेको छैन । एक सातामा बैंकहरुले ९ अर्ब रुपैयाँ बराबरको मात्रै कर्जा विस्तार गरेका छन् । राष्ट्र बैंकले स्थानीय तहबाट प्राप्त हुने थप निक्षेप व्यापारिक प्रयोजनमा खर्च गर्न नपाउने व्यवस्था गरेका कारण बैंकहरुले कर्जा विस्तार बढाउन नसकेका हुन् । 


    images
    images

    Logo