काठमाडौं । माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयनमा गएको छ । शिक्षा मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस बमोजिम विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
माघ १५ सम्म भौतिक रुपमा उपस्थिति हुनेगरी विद्यालय बन्द भए पनि भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्ने एवं अन्य विषयका बारेमा मन्त्रालयले अहिले छलफल गरिरहेको छ । छलफलले गर्ने निर्णयका आधारमा यससम्बन्धी निर्देशन जारी गरिने मन्त्रालयले जनाएको छ ।