images
images

प्रधानमन्त्री आईशोलेसनमा बसेपछि सोमबारको मन्त्रिपरिषद् बैठक नहुने


  • 352
    SHARES
  • २०७८ पौष २६ गते सोमबार

    प्रधानमन्त्री आईशोलेसनमा बसेपछि सोमबारको मन्त्रिपरिषद् बैठक नहुने

    काठमाडौं । प्रत्येक साता सोमबार बस्ने गरेको मन्त्रिपरिषद्को बैठक बस्न नसक्ने भएको छ । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री आईशोलेसनमा रहेका कारण नियमित बैठक प्रभावित भएको हो । 

    माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँगै भेटघाट गरेका देउवा यतिबेला आइसोलेसनमा छन् । उनको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै अबको मन्त्रिपरिषद् बैठक बस्नेछ ।

    कोभिड–१९ संक्रमण नियन्त्रण गर्ने सीसीएमसीको बैठकले विद्यालय बन्द तथा आवागमनमा कडाइ गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । बैठक बस्न अनुकुल नभएपछि यससम्बन्धी निर्णय समेत प्रभावित हुने देखिएको छ ।  


    images
    images

    Logo