काठमाडौं । सुनचाँदी बजारमा आज ३ सयले सुनको मूल्य घटेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।
अघिल्लो दिन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा करोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।