images
images

कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन


  • 356
    SHARES
  • २०७८ पौष २६ गते सोमबार

    कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जमा कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनको लागि बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    नेप्सेले बैंकको १ सय ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको छ । समायोजन पश्चात बैंकको शेयरमूल्य ४ सय ५४ रुपैयाँ ८० पैसा कायम भएको छ ।  अघिल्लो कारोबारकाे दिन बैंकको शेयर प्रतिकित्ता ९ सय ८७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

    बैंकले माघ ७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्नेछ ।


    images
    images

    Logo