images
images

इन्धनमा ६ वटा शीर्षकमा सरकारको कर


  • 302
    SHARES
  • २०७८ पौष २६ गते सोमबार

    इन्धनमा ६ वटा शीर्षकमा सरकारको कर

    काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ ।

    नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर उठाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परिरहेको छ । सरकारले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, मूल्य स्थिरीकरण कोष कर, वातावरण प्रदूषण शुल्क र पूर्वाधार विकास गरी ६ शीर्षकमा कर उठाउने गरेको छ । 

    प्रतिलिटर पेट्रोलमा निगमले ५७ रुपैयाँ ७३ पैसा भन्सारमै कर उठाएर राज्यलाई बुझाउने गरेको छ । त्यसको भार सिधै आम उपभोक्तामा परेको छ ।

    पेट्रोल (प्रतिलिटर)
    भन्सार शुल्क २५ रुपैयाँ २० पैसा
    भन्सार सेवा शुल्क ०.०३ पैसा
    सडक भन्सार शुल्क ४ रुपैयाँ
    पूर्वाधार विकास कर १० रुपैयाँ
    मूल्य स्थिरीकरण कोष १ रुपैयाँ ३६ पैसा
    वातावरण शुल्क १ रुपैयाँ ५० पैसा
    मूल्य अभिवृद्धि कर १५ रुपैयाँ ६५ पैसा
    कुल कर ५७ रुपैयाँ ७३ पैसा

    यसैगरी, प्रतिलिटर डिजेलमा पनि ४० रुपैयाँ ४१ पैसा कर बुझाउने गरेको छ ।

    डिजेल (प्रतिलिटर)
    भन्सार शुल्क १२ रुपैयाँ
    भन्सार सेवा शुल्क ०.०३ पैसा
    सडक भन्सार शुल्क २ रुपैयाँ
    पूर्वाधार विकास १० रुपैयाँ
    मूल्य स्थिरीकरण कोष १ रुपैयाँ १९ पैसा
    वातावरण शुल्क १ रुपैयाँ ५० पैसा
    मूल्य अभिवृद्धि कर १३ रुपैयाँ ६९ पैसा
    कुल कर ४० रुपैयाँ ४१ पैसा
     राजधानी दैनिकबाट


    images
    images

    Logo