काठमाडौं । नेपाल आयल निगमको वार्षिकोत्सवको कार्यक्रम रोकिएको छ । कोरोना महामारीको तेस्रो लहर आउन सुरु भएर सीसीएमसीले कडाइ गर्ने निर्णय गरेसँगै निगमले ५१ औं वार्षिकोत्सवको पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले वार्षिकोत्सवको भोलिका लागि निर्धारित कार्यक्रम नगर्ने निर्णय गरिएको बताए ।