काठमाडौं । कोभिड १९ व्यवस्थापन तथा समन्वय केन्द्रले कोभिड खोप नलगाएका व्यक्तिको हिँडडुलमा कडाइ गर्न सरकारलाई सिफारिस गरेको छ । केन्द्रको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाउने लगायत कार्यक्रमका अतिरिक्त यस्तो सिफारिस गरेको हो ।
यो व्यवस्था अब मन्त्रिपरिषद्बाट निर्णय भएपछि लागु हुनेछ । सीसीएमसीले गरेका सिफारिसलाई मन्त्रिपरिषद्ले हुबहु पास गर्ने नजिर छ ।