images
images

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस


  • 333
    SHARES
  • २०७८ पौष २५ गते आइतबार

    माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

    काठमाडौं । सरकारले मुलुकभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरेको छ । । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै  मुलुकभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरेको   हो ।

    कतिपय विद्यालयमा हिउँदे बिदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरिएको प्रवक्ता सुनिता नेपालले जानकारी गराएकी छन् । 

    उनले भनेकी छन्, ‘यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ । निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’ बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

     

     


    images
    images

    Logo