काठमाडौं । नेपाल आयल निगमले रिक्त रहेको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । आइतबार एक सुचना जारी गदै निगमले कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो ।
निगमले आगामी २१ दिनको समय दिएर इच्छुक उम्मेदवारले आवेदन दिन भनेको छ । कम्पनीको कार्यकारी निर्देशक हुन ३५ पुरा भई ६५ ननाघेको व्यक्ति हुनु पर्ने छ ।
आवेदकले निगमको कार्य प्रकृतिसँग सम्बन्भित बिषय वा कानुनमा मान्यता प्राप्त विस्वविद्यालयबाट कम्तिमा स्नाकोत्तर उर्तिण गरेको हुनुपर्छ। कुनै संस्था वा निकायको ब्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा ५ बर्ष काम गरेको अनुभव हुनु पर्ने छ।