काठमाडौं । वाग्मती प्रदेश क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीको भाडा बढेको छ । प्रदेश अन्तर्गतको श्रम रोजगार तथा यातायात मन्त्रालयले माघ १ गतेदेखि लागु हुनेगरी नयाँ भाडादर तय गरेको हो ।
नयाँ भाडादर अनुसार ट्याक्सी चढेपछि पहिलो १ किलोमिटरसम्मको यात्राको लागि ६० रुपैयाँ लाग्नेछ । त्यसपछि प्रत्येका २ सय मिटरकाे ९ रुपैयाँ ८० पैसाका दरले थप हुँदै जानेछ ।
मन्त्रालयले प्रत्येक ट्याक्सी मिटरमै हिँड्नुपर्ने, यात्रुलाई ट्याक्सी चालकको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने, छुटेका सामान सुरक्षित राखी प्रहरीलाई बुझाउनुपर्ने र ट्याक्सीमा नियमित सरसफाइ र लैङ्गिक विभेदमुक्त अवस्था सिर्जना गर्नुपर्ने समेत मन्त्रालयले प्रष्ट पारेको छ ।
यसअघि १ किलोमिटरसम्म ५० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको ८ रुपैयाँ ८० पैसाको दरले भाडादर कायम गरिएको थियो । अहिले यो झन्डै २० प्रतिशतले बढाइएको हो । अहिलेको वृद्धि सुरुवाती भाडादरमा २० प्रतिशत र त्यसपछिको भाडादरमा ११.३६ प्रतिशत बढी हो । 



