images
images

मन्त्रिपरिषद् कार्यालय कर्मचारी युनियनको अध्यक्षमा यमप्रसाद तिवारी निर्वाचित


  • 291
    SHARES
  • २०७८ पौष २३ गते शुक्रबार

    मन्त्रिपरिषद् कार्यालय कर्मचारी युनियनको अध्यक्षमा यमप्रसाद तिवारी निर्वाचित

    काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा यमप्रसाद तिवारी निर्वाचित भएका छन् ।  कर्मचारी युनियन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज सम्पन्न आठौँ विभागीय अधिवेशनले यमप्रसाद तिवारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 

    तिवारी दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा पुनः निर्वाचित भएका हुन् । समितिको उपाध्यक्ष (खुला) विष्णुप्रसाद बराल, उपाध्यक्ष (महिला) उमा श्रेष्ठ, उपाध्यक्ष (समावेशी) डम्बरकुमार श्रेष्ठ, सचिव मधुसुदन भट्टराई, सहसचिव हिमालप्रसाद आचार्य, कोषाध्यक्ष पुस्कर मानन्धर चयन भएका छन् । 

    यसैगरी समितिको खुला र समावेशी सदस्यमा कृष्णप्रसाद गौतम, शिवराम खड्का, यशोदा अर्याल, मनोज राउत, अमिर महर्जन, रेनुका सुवेदी, श्रीहरी पुडासैनी, राजनलाल श्रेष्ठ, झलकबहादुर कार्की रहेका छन्। केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कृष्णप्रसाद पौडेल र प्रदीपराज भण्डारी निर्वाचित भएका छन् ।

    निर्वाचन समितिका संयोजक सन्तोष दाहाल र सदस्य सन्तोष पौडेलले आजै नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना दिएका थिए । 

    अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । यसैगरी प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार जनार्दन नेपाल, प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले अधिवेशनको सफलताको कामना गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित विभागीय कार्य समितिका पदाधिकारीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिएका थिए । 


    images
    images

    Logo