images
images

एनआईसी एशिया बैंकमा कर्मचारीकै मिलेमतोमा १६ लाख चोरी, ४ पक्राउ


  • 337
    SHARES
  • २०७८ पौष २३ गते शुक्रबार

    एनआईसी एशिया बैंकमा कर्मचारीकै मिलेमतोमा १६ लाख चोरी, ४ पक्राउ

    काठमाडौं । कर्मचारीकै मिलेमतोमा एनआईसी एशियाबैंकको लाखौँ  रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । 

    उनले काठमाडौँ महानगरपाकिला–१० को कार्यालयबाट  १२ लाख ४५ हजार रुपैयाँ र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट ३ लाख ८५ हजार रुपैयाँ गरी  १६ लाख ३० हजार रुपैयाँ बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनी प्रहरीमा सूचना प्राप्त भएको थियो । सो घटना पुस १८ गतेको हो । 

    सोही आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान गर्दा खत्रीमाथि शङ्का लागेपछि पक्राउ परेका थिए । उनीमाथिको अनुसन्धानमा मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । 

    प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ । उनीहरूले सबै पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको जानकराी दिँदै प्रहरीले अहिलेसम्म १३ लाख ४६ हजार फेला परेको र दुई लाख ८२ हजार भने खर्च गरेको खुलेको छ । 


    images
    images

    Logo