काठमाडौं । निर्जीवन बीमा कम्पनीको छाता संस्था नेपाल बीमक संघले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको संघको साधारणसभाले सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रहेका चंकी क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति बनाएको हो ।
संघको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार, महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का चयन भएका छन् ।
त्यस्तै, संघको कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सदस्यहरुमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित ब्रजाचार्य, राष्ट्रिय बीमा कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष कोइराला, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकरी अधिकृत कुमार बहादुर खत्री, ओरियन्टल इन्स्योरेन्सका विनोद बालचन्द्र घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।



