काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलको आयोजनामा अन्तर्क्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरेका थिए।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष २३ गते प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा प्र्रदेश २ वीरगञ्जमा एक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागीता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत प्रदान गर्नुभएको छ । यस अघि यस्तै अन्र्तक्रिया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा र लुम्बीनी प्रदेशको नेपालगञ्जमा पनि सम्पन्न गरिएको थियो ।



