काठमाडौँ । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो जीन सीक्वेसिन्ङ गरिएको मध्य २४ वटा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।
यस पुस महिनाको संकलित कारोना भाइरसको नमुना परीक्षमा १ हजार १ सय ४६ पोजिटिभ नमना स्क्रिनिंग गर्दा २ सय ५० एस जीन नेगेटिभ आएको छ भने २४ जनालाई एस जीन पोजिटिभ आएको थियो ।
ओमिक्रोन भेरियन्टले गर्दा अत्याधिक बिरामीको संख्या बढेको कारणले गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई अक्सिजन लगाएतका सम्पूर्ण सामाग्री र स्वास्थ्यकमीहरुलाई तयारी अबस्यामा रहन जानकारी दिइको छ ।
विश्व व्यापी तथा नेपालमा हालसम्मको उपलब्ध तथ्यांकहरुलाई आधार मान्य हो भने नेपालमा पनि ओमिक्रोन कारण कोभिडको १९ को अरु भाइरस जस्तै बढेन सक्ने सम्भावनाका कारणले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्बाथ्य मापदण्ड अनुसार अस्पतालहरुलाइ जानकारी दिइको छ ।



