काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको क्यान्टिन भत्काउन सुरु गरिएको छ । बतास समूहले बनाउँदै गरेको उक्त क्यान्टिन शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु गरेको हो ।
उक्त संरचना भत्काउनका लागि १२ जना कामदार खटाइएको छ। हालसम्म जस्तापाता, वरिपरिको पर्खाल र तारजालीको बार गरी अधिकांश संरचना भत्काइएको छ।