images
images

सहकारीको ब्याजदर बढाउने विपक्षमा मन्त्री श्रेष्ठ, तेलको भाउसँग गरिन् तुलना


  • 386
    SHARES
  • २०७८ पौष २३ गते शुक्रबार

    सहकारीको ब्याजदर बढाउने विपक्षमा मन्त्री श्रेष्ठ, तेलको भाउसँग गरिन् तुलना

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीले अहिलेको ब्याजदर अझै घटाउनुपर्ने बताएकी छिन् । वित्तीय क्षेत्रमा व्याजदर बढ्दै गएको अवस्थामा सहकारीको सन्दर्भ ब्याजदर समेत बढाउनुपर्ने आवाज उठिरहेको बेला मन्त्री श्रेष्ठले आफू अहिलेको ब्याजदर बढ्नुपर्छ भन्ने पक्षमा नरहेको बताएकी हुन् । 

    सहकारी पत्रकार समाज (सीजेएन) को ११ औं वार्षिक साधारणसभामा बोल्दै उनले सहकारीको ब्याजदर तेलको भाऊजस्तो हुन नहुने बताएकी छिन् ।

    ‘अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्दा नेपालमा पनि बढाइहाल्ने, अनि अन्तराष्ट्रिय बजारमा भाऊ घट्दा चाहिँ घटाउँदै नघटाउने गरिन्छ । सहकारीमा पनि यस्तै अवस्था छ । अहिले बजारमा ब्याजदर बढ्यो भनेर सन्दर्भ ब्याजदर पनि बढाउन हतार गर्ने, अनि घट्दा चाहिँ घटाउन पछि हट्ने ?’

    उनले अहिले कायम भएको १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदर नै बढी भएको भन्दै यसमा अझै घटाउनुपर्ने उनको भनाइ छ । ‘जुन सिद्धान्त अनुसार गैरनाफामूलक संस्थाको रुपमा सहकारी स्थापना भएको हुन्छ, त्यसलाई हेर्ने हो भने अहिलेको ब्याजदर नै महँगो छ । त्यसैले यो ब्याजदरलाई बढाउने होइन, अझै घटाउनुपर्छ भन्ने पक्षमा छु ।’


    images
    images

    Logo