images
images

१२ सय ५० ग्राहकको विद्युत् काटियो


  • 285
    SHARES
  • २०७८ पौष २३ गते शुक्रबार

    १२ सय ५० ग्राहकको विद्युत् काटियो

    काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने १ हजार २ सय ५० ग्राहकको विद्युत् लाइन काटेको छ । 

    गत साउनदेखि हालसम्म २ महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो । बत्ती बालेर ६० दिनसम्म पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरण इलाम शाखाका प्रमुख देवराज पौडेलले जानकारी दिए । 

    उनका अनुसार विद्युत् काटिए पनि करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि विद्युत् जडान गरिएको छ । करिब १० प्रतिशत ग्राहकले अझै महसुल नतिरेकाले विद्युत् जडान गरिएको छैन ।

    यस्तै इलाम नगरपालिकाले पनि महसुल नतिरेकाले  इलाम सदरमुकाममा निर्माण गरिएको व्यापारिक भवन (सिटी मार्ट)को  लाइन बिहीबारदेखि काटिएको छ । 

    सिटीमार्टको १ लाख ७२ हजार रुपैयाँ महसुल नगरपालिकाले तिरेको छैन । ६० दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान भएअनुसार नै बत्ती काटिएको प्रमुख पौडेलले बताए। 

    उक्त नगरपालिकाले ४ महिनाको महसुल बुझाउन बाँकी रहेको बताइएको छ । 


    images
    images

    Logo