images
images

सहकारी पत्रकार समाजमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन


  • 362
    SHARES
  • २०७८ पौष २३ गते शुक्रबार

    सहकारी पत्रकार समाजमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन

    काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) मा नयाँ नेतृत्व चयन भएको छ । सहकारी बिटमा कार्यरत पत्रकारको संस्थाको रुपमा रहेको सीजेएनले काजी श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

    समाजको उपाध्यक्षमा तुल्सी सुवेदी, सचिवमा अर्जुन खतिवडा, सहसचिवमा भेषराज बेल्बासे, कोषाध्यक्षमा प्रयास श्रेष्ठ र सदस्यहरुमा सन्तोष रोकाया र सुधा देवकोटा छन् ।

    समाजले शुक्रबार आफ्नो ११ औं साधारणसभा सम्पन्न गरेको थियो । भूमिव्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सो साधारणसभाको उद्घाटन गरेकी थिइन् । 


    images
    images

    Logo