images
images

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


  • 266
    SHARES
  • २०७८ पौष २३ गते शुक्रबार

    बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउको लागी परिचालित टोलीले फरार राजेन्द्र कुमार श्रेष्ठलाई शुक्रबार वानेश्वर बाट  पक्राउ गरेको हो । 

    श्रेष्ठले आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई २०७६ साल कार्तिक २० गते सिभिल बैकको चेक काटी दिएको हुनाले बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै उनलाई उच्च अदालतले ५ दिन कैद र २६ लाख रुपैयाँ जरिवाना फैसला सुनाएको छ । 

    अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निज प्रतिबादीलाई वानेश्वर, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज  सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । 


    images
    images

    Logo