काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई सेरेन हस्पिटालिटी सर्भिसेजमा १५ प्रतिशत छुट दिने सम्झौता भएको छ । बैंक अफ काठमाण्डू र सेरेन हस्पिटालिटी सर्भिसेज बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त सम्झौता पश्चात् ग्राहकहरुले सेरेन हस्पिटालिटी सर्भिसेजमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ुठ १५% छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
सेरेन हस्पिटालिटी सर्भिसेजले काठमाण्डौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डूले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।



