images
images

कक्षा ११ को पुरक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजानिक


  • 290
    SHARES
  • २०७८ पौष २३ गते शुक्रबार

    कक्षा ११ को पुरक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजानिक

    काठमाडौं । कक्षा ११ को  पुरक  तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजानिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा पुरक परीक्षाको नतिजा प्रकाशित भएको हो ।

    पुरकतर्फ २ हजार ९ सय ८ र ग्रेडवृद्धि तर्फ २१ हजार ८ सय १६ गरी जम्मा २४ हजार ७ सय २४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    बोर्डका अनुसार परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिन्छ । साथै नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६ सय १ नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।


    images
    images

    Logo