काठमाडौं । दुई दिनमा सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
बिहीबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज १२ सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार १सय रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय २५ पुगेको महासंघले जनाएको छ ।