काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ४९ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १ सय ३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ १६ पैसा रहेको छ । यसैगरी यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६० रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर १ सय ६१ रुपैयाँ ५३ पैसा रहेको छ ।
