काठमाडौं । एनएमबि बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिबार सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सो साधारणसभा आयोजना गरिएको थियो ।
साधारणसभाले सञ्चालक समितिले यसअघि प्रस्ताव गरेको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश पारित गरेको छ । बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत भएसँगै बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड पुगेको छ ।
बैंकले असारसम्ममा २ अर्ब ७१ करोड खुद नाफा कमाएको थियो । अहिले सो बैंकसँग १ सय ६६ अर्ब निक्षेप र १ सय ५८ अर्ब कर्जा रहेको छ ।
बैंकले यो वर्ष बैंक अफ दि एशिया २०२१ अवार्ड प्राप्त गरी एशियाकै सर्वोत्कृष्ठ बैंक बनेको छ । त्यस्तै, बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
बैंकले हाल २ सय १ वटा शाखा, १ सय ३८ एटीएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जनाएको छ ।



