काठमाडौं । सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई १ करोड १४ लाख ९१ हजार ८ सय ८७ रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले सीईओलाई उक्त रकम तलव भत्ता वापत दिइएको हो । बैंकले अन्य पदाधिकारीलाई १३ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले तलब स्वरुप ५४ लाख १९ हजार ९७ रुपैयाँ, भत्ता वापत ३० लाख ८७ हजार ४ सय ६१ रुपैयाँ, ७ लाख ७६ हजार सञ्चय कोषबाट ५ लाख ४१ हजार ९ सय १० र वोनशबाट १६ लाख ७६ हजार ४ सय १० रुपैयाँ दिएको छ ।