images
images

वन निर्देशक बिष्टविरुद्ध करीब ७ करोड भ्रष्टाचार मुद्दा दायर


  • 374
    SHARES
  • २०७८ पौष २२ गते बिहीबार

    वन निर्देशक बिष्टविरुद्ध करीब ७ करोड भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं ।वन निर्देशक बिष्टविरुद्ध करीब ७ करोड भ्रष्टाचार मुद्दा दायर भएको छ । सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध करीब ७ करोड भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार बिष्टउपर ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिष्टविरुद्ध बिगो ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा कायम  मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जानकारी दिएको छ । आर्थिक अभियान दैनिकबाट


    images
    images

    Logo