images
images

२ कम्पनीको शेयर मुल्य समायोजन आज, कति पुग्दैछ मूल्य ?


  • 589
    SHARES
  • २०७८ पौष २२ गते बिहीबार

    २ कम्पनीको शेयर मुल्य समायोजन आज, कति पुग्दैछ मूल्य ?

    काठमाडौं । आज ३ कम्पनीको शेयर मुल्य समायोजन हुँदैछ  । गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्टको मुल्य समायोजन हुने भएको हो । 

    गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको १० प्रतिशत बोनस शेयर पछि ४ सय ५४ रुपैयाँ ४५ पैसामा मुल्य समायोजन हुँदैछ भने इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको ७.७ प्रतिशत बोनस शेयर पश्चात ४ सय ४१ रुपैयाँ ९७ पैसामा मुल्य समायोजन हुने भएका हुन् । 

    अघिल्लो दिन गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको अन्तिम कारोबार  ४ सय ९९ रुपैयाँ ९० पैसामा भएको थियो भने इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको ४ सय ७६ रुपैयाँमा  भएको थियो ।

    आज मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo