काठमाडौं । चोरी गरेको मोबाइल र ल्यापटप सहित ४ जना पक्राउ परेका छन् । चोरी गरेको २१ थान मोबाइल, २ थान ल्यापटप सहित ४ जनालाई आरुबारीबाट मंगलबार दिउँसो प्रहरीले
पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्ण बस्ने निशान डंगोल मुलपानी बस्ने फुर्बा लामा, बेशिगाउँ बस्ने सिन्धुपाल्चोकका सुमन तामाङ र सोही ठाउँका कृष्ण तामाङ रहेका छन् ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुको साथबाट चोरी गरेको उक्त मोबाइल र ल्यापटप फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।