काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य एकैदिन ६ सयले बढेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार २ सय रुपैयाँ मा कारोबार हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँ ले बढेर १ हजार २ सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।