काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १ सय ३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर १ सय ६१ रुपैयाँ ५७ पैसा रहेको छ ।
