images
images

योगेश भट्टराईलाई भेषनारायण दाहालको चुनौती, ‘नारायणहिटीमा क्यान्टिन चाहियो भन्ने उहाँ नै हो’


  • 2.0K
    SHARES
  • २०७८ पौष २१ गते बुधबार

    योगेश भट्टराईलाई भेषनारायण दाहालको चुनौती, ‘नारायणहिटीमा क्यान्टिन चाहियो भन्ने उहाँ नै हो’

    काठमाडौं । संग्रहायल समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले तात्कालिन संस्कृतिमन्त्री योगेश भट्टराईको निर्देशनमै नारायणहिटी संग्रहायलमा क्यान्टिन बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । क्यान्टिन निर्माण प्रक्रियाबारे आफ्नो संलग्नता नरहेको र यसबारे थाहा नै नभएको भन्दै भट्टराईले दाबी गरिरहेको बेला दाहालले भट्टराईकै इच्छा अनुसार क्यान्टिन निर्माण थालिएको बताएका हुन् । 

    ‘मन्त्रीज्यूले मौखिक रुपमा सैद्धान्तिक सहमति दिनुभएको हो । नारायणहिटीभित्र गतिलो क्यान्टिन चाहियो भन्ने उहाँ नै हो’ दाहालले भने । 

    भट्टराईले भने यसबारे सामाजिक सञ्जालमार्फत् धारणा राख्दै यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । नारायणहिटी दरबार संग्राहालयको क्यान्टिनसम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु । त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सबिनय अनुरोध गर्दछु’ भट्टराईले भनेका छन्, ‘नारायणहिटी दरबार संग्रहालयमा म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।’ 

    नारायणहिटीभित्रको क्यान्टिनबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि पर्यटनमन्त्री प्रेम आलेले यो प्रक्रिया तत्काल रोक्न निर्देशन दिएका छन् । निर्देशनसँगै क्यान्टिन निर्माण प्रक्रिया स्थगित भएको छ ।  


    images
    images

    Logo