images
images

१० जना सहसचिवको सरुवा, को कहाँ पुगे ?


  • 502
    SHARES
  • २०७८ पौष २१ गते बुधबार

    १० जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

    काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार १० जना सहसचिवको सरुवा गरेको छ ।  मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ८ जना प्रशासन, १ जना स्वास्थ्य र १ जनरल इन्जिनियरिङ गरी १० जना सहसचिवको सरुवा गरेको हो । 


    प्राप्त विवरण अनुसार सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका राजेश्वर ज्ञवालीको गृह मन्त्रालयमा सरुवा गरेको छ । अक्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा झापाका सिडियो श्रवण कुमार तिमिल्सिनालाई पठाएको छ ।

    त्यस्तै, कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयका सचिव झक्क आचार्यको कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिलाका सचिव चक्र बुढाको अर्थ मन्त्रालयमा सरुवा भएको छ । नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनी भट्टराईको गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने राजश्व प्रशासन तालिम केन्द्रका दिर्घराज मैनालीको प्रदेश नं. १ स्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।

    भरत अर्यालको डिभिजन कार्यालयमा सरुवा भएको छ भने सिडियो शिव कुमार कार्कीको समावेशी आयोगमा सरुवा गरिएको छ । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव रिता जोशी भण्डारीको सुदूर पश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।


    images
    images

    Logo