images
images

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 782
    SHARES
  • २०७८ पौष २१ गते बुधबार

    २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुष २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ २१ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् । 

    श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको चुक्त पुँजीको ७.७०  प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ३.३० प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव पारित पुष २९ गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि पुष २२ गते  बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको १० प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत  नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष २९ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष २२ शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    यस अनुसार पुष २१ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo